स्वतन्त्र विद्यार्थी युनियन पश्चिमाञ्चल क्याम्पसको आयोजनामा ईन्जिनियर
दिवसको अवसरमा यहि मिति २०७५ ०४ ,०३ गते देखि ०५ गते सम्म पोखराको
लामाचौरमा प्रथम न्यु टेक्निकल एफएसयु टेक्निकल फेस्टिभल २०७५
हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा
जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै स्ववियुका अध्यक्ष ईन्द पौडेलले इन्जिनियरहरुको क्षमता प्रर्दशन गर्ने र दक्षता अभिवृद्वि गर्ने उद्वेश्यले कार्यक्रमको आयोजना गर्न लागेको बताए । ‘टेक्निकल फेस्टिभलले समृद्व नेपाल निमार्णका आधारहरु प्रस्तुत गर्नेछन्, ’ उनले भने, ‘ती आधारहरुलाई सरोकारवालाहरुले प्रयोगमा ल्याउनेछन् भन्ने अपेक्षा गरेका छौँ ।’ उनले कार्यक्रममा नेपाली समाजमा ज्वलन्त रुपमा उठेका बिषयवस्तुहरु इन्जिनियरिङ विधाबाट प्रस्तुत गर्न खोजेको बताए ।
कार्यक्रममा कृषि, पर्यटन, क्लिन इनर्जी र स्वास्थ्य विधालाई प्रस्तुत गरिने कार्यक्रम संयोजक किरण तिवारीले जानकारी दिए ।त्यस्तै क्याम्पस चिफ रामप्रसाद पौडेलले मेलाको आयोजनामा आफुहरुले कुनै अवरोध नगरेको बताए । विधार्थीहरुलाई आत्मनिर्भर बनाउदै स्रोत र सुझावमात्र प्रदान गरिएको उनले बताए ।
मेलामा ८० भन्दा बढि स्टलहरु रहेछन् भने दशै भरिका क्यम्पस, सरकारी तथा गैर सरिकारी संस्थाहरुको सहभागीता रहनेछ । मेलाअवधिभर २०,००० व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमको अनुमानित खर्च २१ लाखको रहने आयोजकको दावी रहेको छ ।
मेलामा सहभागी व्यक्तिले रोबोटिक फूटबल पनि खेल्न पाउनेछन ।