Monday, July 9, 2018

Robots World Cup Pokhara 2018

ROBOCUP-2018, एक रोबोट फुटबल प्रतिस्पर्धा हो। आधा विश्वको ध्यान यतिबेला विश्वकपमा छ । ३२ राष्ट्रका खेलाडी मैदानमा र समर्थकहरु २०० भन्दा बढि राष्ट्रमा झुमिरहँदा विश्वकप विश्वको नै मेला बन्न पुगेको छ । फुटबलको ज्वरोले दर्शक र समर्थकलाई मात्र हैन रोबोटहरुलाई पनि छोएको छ । र यसैकारण रोबोटहरुको पनि फुटबल प्रतियोगिता हुने भएको छ ।


रोबोटिक्स क्लब इन्जिनियरिङ अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसले हिमालयन सोलुसन रोबोकप प्रतियोगिता आयोजना गर्ने भएको हो । विश्वकप चलिरहँदा रोबोटिक्स क्लबले रोबोटहरु बीच फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । यो सिजनमा हामी फुटबलमा एक फरक स्वाद प्रदान गर्नेछौं ,रोबोट फुटबल फुटबलका प्रशंसकहरूको लागि एक नयाँ स्वाद हो |पश्चिमाञ्चल इन्जिनियरि क्याम्पसका विद्यार्थीहरुबिच हुन लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहने कार्यक्रम संयोजक विजयन भट्टराईले जानकारी दिए ।
हिमालयन सोलुसनको सहयोगमा र ओयसिस एजुकेसन ग्रुपको सहआयोजनामा हुन लागेको कार्यक्रम असार २६ र २७ गते हुनेछ । ‘ब्लुटुथबाट रोबोट जोडेर सहभागीले मोबाइलबाटै फुटबल खेल्न सक्छन्’ ,भट्टराईले भने, ‘२६ गते क्वाटरफाइनल र २७ गते सेमिफाइनल र फाइनलका खेल खेलाइनेछ ।

0 comments: