Friday, May 25, 2018

सिक्नुहोस इन्टरनेटबाटै मासिक लाखौ कमाउने नयाँ तरिका !पूर्ण भिडियोसहीत

के तपाइलाई थाहा छ? इन्टरनेटबाट त धेरै  पैसा कमाउन सकिन्छ नि ! आजभोली इन्टरनेटबाट पैसा कमाउनकालागि धेरै तरिका छन् ।तर यी थुप्रै तरिकाहरु मध्ये आज हामी केही उपयोगी तरिका सिकाउँदैछौं । ति तरिकाहरु यसप्रकार छन् |
१, Google Adsense
Google Adsense संसारकै सबैभन्दाधेरै पैसा दिने अनलाईन एड् नेटवर्क हो ।  तपाईंले थोरै मिहेनतबाट पनिं Google Adsense मार्फत धेरै पैसा कमाउन सक्नुहुन्छ । पैसा कति कमाउने भन्ने त तपाईंको खुबी र मिहेनतमा भर पर्छ । तर यसैबाट मनग्गे आम्दानी गर्नेहरु पनि छन् ।

Google Adsense बाट पैसा कमाउनका लागि सुरुमा तपाईंले आफ्नो ब्लग वा वेबसाईट बनाउनु पर्ने हुन्छ । अझ गुगलकै फ्रि ब्लगिङ साईट Blogger को प्रयोग गर्नुभयो भने फ्रिमा नै तपाईंको ब्लग तयार हुन्छ । त्यसपछि तपाईंले त्यस ब्लगमा पाठक तान्नका लागि तपाईंका आफ्ना रचना तथा अन्य रोचक र जानकारीमुलक कुराहरु राख्न सक्नुहुन्छ ।
त्यसपछि तपाईंले Google Adsense Account  विज्ञापनका लागि अप्लाई गर्नुहोस् । गुगलले तपाईंको ब्लग र तपाईंले राखेका कन्टेन्टहरु रिभ्यू गर्छ र तपाईंलाई विज्ञापनको कोड उपलब्ध गराउँछ । यसरी गुगलले उपलब्ध गराउने कोडलाई तपाईंले आफ्नो ब्लगमा राख्नुपर्छ । जब तपाईंको ब्लगमा यस्ता विज्ञापनहरु क्लिक हुन थाल्छन् तपाईंको कमाइ सुरु हुन्छ । जति धेरै  traffic बढाउन  सक्नुहुन्छ त्यति नै धेरै कमाइ हुने सम्भावना हुन्छ ।सामान्यतया नेपालमा Google Adsense बाट मासिक एक देखि दुई तिन लाखसम्म कमाउन सक्नुहुन्छ |
महिनामा निश्चित दिन गुगलले तपाईंको महिनाभरीको कमाइ पठाउँछ । यसरी प्राप्त हुने पैसा लिनका लागि तपाईंले Bank Account , गुगल चेक र Western union Money transfer प्रयोग गर्न सक्नुहुन्छ ।
यसरी पैसा दिने कुरामा गुगलको एउटा सर्त हुन्छ । तपाईंले गुगलबाट पैसा लिनका लागि आफ्नो Adsense अकाउन्टमा १०० डलर आम्दानी गर्नुपर्ने हुन्छ तर, गुगलले तपाईंलाई पैसा तपाईंको व्यक्तिगत खातामा ट्रान्सफर गरिदिन्छ । तपाईंले एक महिनामा नै १०० डलरभन्दा बढी कमाउनुभयो भने त सिधै सोही महिना पैसा प्राप्त हुन्छ । यदि महिनामा १०० डलर पुगेन भने १०० डलर पुगेपछि अर्को महिना पैसा पाउनुहुन्छ । 
२.  भर्चुअल कल सेन्टर एजेन्ट
तपाईं आफ्नै घरमा बसेर कल सेन्टर एजेन्टको रुपमा काम गर्न सक्नुहुन्छ http://www.liveops.com ले तपाईंलाई यो सुविधा प्रदान गर्नेछ । यस वेबसाईटमा गएर तपाईं कम्पनीको एजेन्ट बन्न सक्नुहुन्छ । कम्पनीको एजेन्ट बनेर तपाईंले अनलाईन उत्पादनहरु बेच्नु पर्ने हुन्छ । साथै त्यसको रिभ्यू र कम्पनीलाई फिडब्याक दिएर पनि तपाईंले कमाइ गर्न सक्नुहुन्छ
३. वर्क फर्म होम (Work from home)
कैयन ठूला कम्पनीहरुले वर्क फर्म होमको सुविधा दिँदै आएका छन् । यसमा ट्रान्सलेसन वर्कदेखि लिएर रिभ्यूसम्मको काम पाईन्छ । http://www.odesk.com तथा https://www.elance.com यी वेबसाईट कमाईको हिसाबले संसारमै सबैभन्दा चर्चित छन् । यी दुबै साईटमा सुरुमा तपाईंको टेष्ट लिइन्छ । तपाईंले आफूलाई कम्पनीको लागि उपयोगी सावित गर्न सक्नुभयो भने अवसर पाउनु हुन्छ । एक पटक रजिस्टर भएपछि कम्पनीले अलग-अलग कामका लागि मेम्बरहरुलाई कन्ट्रयाक्ट वा फ्रिल्यान्सरको रुपमा हायर गर्छ । काम पूरा भएपछि प्रतिघण्टा वा अन्य तरिकाबाट पैसा दिइन्छ । यस्ता सेवा दिने साइटहरु अरु पनि छन् ।
४. सेल्फ पब्लिश बुक (Self publish book)
यदि तपाईंलाई लेखनसँग प्रेम छ भने, तपाईंले अनलाइनका लागि लेखेरै पैसा कमाउन सक्नुहुन्छ । कैयन साइटहरुले तपाईंलाई अनलाइन बुक लेख्न लगाएर त्यसलाई पब्लिश गरी बिक्री बापत रोयल्टी प्रदान गर्छ । यस्तै साईट मध्यै संसारकै सबैभन्दा चर्चित साईट अमेजन हो । अमेजनले किंडल डाइरेक्टर पब्लिसिङको नामबाट यो फिचर चलाउँछ । जो कसैले बुक लेखेर त्यसलाई किंडल बुकस्टोरमा राख्न सक्छ । यसको बिक्रीमा लेखकलाई ७० प्रतिशतसम्म रोयल्टी प्रदान गरिन्छ । अमेजन र यसको सेल्फ पब्लिश बुकबारे अधिक जानकारीका लागि तपाईंले https://kdp.amazon.com भिजिट गर्न सक्नुहुन्छ । यसमा तपाईं आफ्नो अकाउन्ट बनाएर रेगुलर मेम्बर पनि बन्न सक्नुहुन्छ ।
५. स्वागबक्स डटकम
http://www.swagbucks.com एक प्रसिई वेबसाईट हो, जसमा फ्रीमा रजिस्टर गरेर तपाईं कमाई सुरु गर्न सक्नुहुन्छ । आफ्नो फेसबुक अकाउण्टको मद्दतले पनि जोडिन सकिन्छ । तपाईंले यस वेबसाईटमा केही समय बिताउनु पर्ने हुन्छ । तपाईंलाई केही पोइन्ट दिन्छ । यस पोइन्टलाई तपाईंले सपिङमा प्रयोग गर्न सक्नुहुन्छ । साथै पैसामै रुपान्तरण गरेर लिने छुट पनि तपाईंलाई मिल्नेछ ।
६. पेड रिभ्यू (Paid review)
यदि लेखनमा तपाईं विशेष क्षमता छ भने तपाईंका लागि यो निकै उपयोगी हुन्छ । सफ्टवेर र अन्य उत्पादनहरुको रिभ्यू लेख्ने काम यहाँ हुन्छ । यसका अलावा इन्फोलिंक पनि एक माध्यम हो । यसका लागि वेबसाईटहरुले तपाईंलाई पेड रिभ्यूको काम दिन्छ । जसमा भिंडेल रिसर्च (Vindale Research) तथा एक्सपो टिभी डटकम (ExpoTv.com) प्रमुख हुन् । यी वेबसाईटहरुले काम गरेबापत निकै राम्रो पैसा दिन्छन् |
७. Fandealer
FanDealer एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ । पेज लाईक गर्नासाथ हाम्रो FanDealer एकाउन्टमा युरो जम्मा हुन सुरु हुन्छ । एउटा पेज लाईक गरेबापत ०.०२ युरो (करीब २.५0 रुपैया नेपाली) पाईन्छ । सुरुको दिन मा तपाईंले १०० भन्द धेरै पेज लाईक गर्न पाउनुहुन्छ र त्यसपछी हरेक दिन ३०-४० वटा पेज लाईक गर्न पाउनुहुन्छ । यसको अर्थ तपाईंले सुरुको दिन मा करीब २०० र त्यस्पछिका हरेक दिन ६०-८० नेपाली रुपैया कमाउन सक्नुहुन्छ ।
जब तपाईको अकाउन्टमा १० युरो पुग्छ, तब उक्त रकम सिधै आफ्नो बैक्ं एकाउन्टमा प्राप्त गर्न सक्नुहुन्छ । 

0 comments: