Tuesday, May 22, 2018

के तपाई निरोगी भएर बाच्न चहानुहुन्छ??हेर्नुहोस स्वस्थ जिबनयापन गर्न अपनाउनुपर्ने नियमहरु

संसारमा सुम्पूर्ण मानब स्वस्थ भएर बाँच्न चाहान्छन् | स्वस्थ भएर बाँच्न पाउनु हरेक मानवको जन्मसिद्ध अधिकार हो। प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएको छ । तर, हामी हाम्रै  अज्ञानताले गर्दा हामी रोगको शिकार भइरहेका छौं। हामी प्रकृतिसँग जति टाढा हुन्छौं, त्यति रोगको शिकार हुन्छौं। हाम्रो दिनचर्या जति प्रकृतिको नियमसंगत् हुन्छ त्यति नै निरोगी हुन्छौं।
  तलका सम्पूर्ण नियम जिबनभर पालना गर्ने सम्पूर्ण व्यक्ति स्वस्थ रहन्छन्  ।यदि तपाई पनि निरोगी बन्न चहानुहुन्छ भने तालका सम्पूर्ण नियम पालना गर्नुहोस  |
१. राति ९ अथवा  बजेभित्र सुत्ने र बिहान सूर्योदयपूर्व उठ्ने गर्ने ।
२. दाँत मञ्जन गर्दा नरम ब्रसको प्रयोग गर्ने र हलुकासँग तल, माथि र घुमाएर मञ्जन गर्ने । मञ्जन गरेपछि औंलाले गिजा रगटेर सफा गर्ने ।

३. आँखा नखोलीकन दायाँ कोल्टे फेर्दै उठौं र पँलेटी कससेर बस्ने । ५–१० मिनेटसम्म स्वभाविक रूपमा चलिरहेको श्वास–प्रश्वासमाथि कुनै अवरोध नपु¥याई श्वासमै केन्द्रित ध्यान गर्ने । हत्केला रगडेर तातो बनाई अनुहारमा हत्केलाहरूले मोलौं र हत्केलालाई हेर्दै बिस्तारै आँखा उघार्ने ।

४. निद्रा खुलेलगत्तै आँखा खोल्नुपूर्व ‘आज म सकारात्मक भएर दिन बिताउँछु’ भन्ने संकल्प गर्ने ।

५. फुर्सदको समयमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने । संगीत सुन्ने गरौं। समयको सदुपयोग गरी प्रगतिशील कार्यमा लागने ।

६ मिनेट जति हिँड्डुल÷मर्निङ वाक गर्ने । यसका लागि प्राकृतिक, रमणीय, खुला र एकान्त स्थान हुनुपर्छ। हिँडडुल गर्दा गहिरो र लामो श्वास लिने र फाल्ने ।

७. दिसाका लागि निश्चित समय बनाऔं। दिसा गर्दा जोड वा बल गरेर गर्ने नगरौं। दिसा वा पिसाब लागेपछि नरोकौं। रोक्ने बानीले पछि रोग निम्याउँछ।दिसा गर्न जानु पहिले तामाको भाँडामा राखेको पानी १–२ गिलास पिउने

८. दैनिक छोटो स्नान गरौं। खाना खानुभन्दा १ घन्टा पहिले, खाना खाएको ३ घन्टापछि र पसिना आएको छ भने सुकेपछि मात्र स्नान गर्ने । खस्रो सुतीको कपडाले घर्षण गर्दै स्नान गर्ने ।

९. समय र मौसमअनुकूल भएमा बिहान र बेलुकाको घाममा १५–२० मिनेट अतिआवश्यक कपडा मात्र लगाएर घाम ताप्ने
१०. नास्तामा मौसम अनुसारको ताजा फलफूल, अंकुरित अन्न, मह–पानी वा कागती–पानी खाऔं। बिहानको खानाः चोक्कर भएको गहुँको रोटी, दलिया वा नफलेको चामल (ब्राउन राइस) र २–३ किसिमको तरकारी खाने

११. नियमित रूपमा स्वास्थ्य रक्षाका लागि बिहान १ देखि साढे १ घन्टासम्मको समय आफ्ना लागि निकालौं। सो समयमा आसन, प्राणायाम, ध्यान र व्यायाम गर्ने
१२. भोक लागेको बेला मात्र खाने र खाँदा पेटमा बोझ नहुने गरी चपाई–चपाई खाने

१३. दिनको ३–४ लिटर पानी नियमित पिउने गरौं। १ घन्टामा १ गिलासका दरले पिउने गरौं। खाना खानुभन्दा आधा घन्टा पहिले र खाएको १ घन्टापछि मात्र, फलफूल खानुभन्दा आधा घन्टा पहिले र खाएको आधा घन्टापछि मात्र पानी पिउने बानी बसाल्ने

१४. ३ घन्टा काम गरेपछि आराम गर्ने गरौं। कम्प्युटर वा टेबुलवर्क गर्नुहुन्छ भने घन्टा–घन्टामा हात र ढाडको सामान्य कसरत वा शरीरलाई तन्काउने र आँखा चिसो पानीले धुने गरौं। कामको बीचबीचमा १०–१५ पटक गहिरो श्वास–प्रश्वास लिने गरौं। बस्दाखेरि सामान्यतया ढाडलाई सिधा राख्ने

१५. दिनमा १–२ पटक खुलेर हास्ने |तनावबाट मुक्त हुन सकारात्मक चिन्तन गरौं। सधै  आशावादी बनौं। सबैलाई प्रेम गर्ने र सहयोग गर्ने बानी बसाल्ने

१६. मैदाको सट्टा चोक्कर सहितको गहँु÷जौको पिठो, सेतो भातको सट्टा ब्राउन राइस र सेतो चिनीको विकल्पमा खैरो चिनी÷गुँड÷खैरो सख्खर प्रयोग गर्ने

१८. सुतीको सफा कपडा लगाउने गरौं। ऊनीको कपडा सुतीको कपडामाथि मात्र लगाउने गरौं। पेटी र पटुका हलुका कस्ने गरौं। हिल नभएको जुत्ता मात्र लगाउने
१६. खानापछि १० मिनेट बज्रासनमा बस्ने गरौं। सुरुमा जति समय सकिन्छ त्यति बसौं। पछि समय बढाउँदै १० मिनेट पुर्‍याउने ।

१८. रातिको खाना सुत्नुभन्दा ३ घन्टा अगाडि खाने गरौं। खाना खाने ठाउँ शान्त राखने

१९. भावनात्मक आवेग (रिस, दुःख, तनाव, पिर) शान्त भएपछि मात्र खाना खाने गरौं। प्रशन्न, शान्त, खुसी मनले खाना खाने गरौं।समय मिलाएर दिनमा १–२ पटक शवासन वा वैज्ञानिक आराम गर्ने |

२०. दिनमा सुत्ने बानी त्यागौं। सुत्नै परे बढीमा ३० मिनेट मात्र सुत्ने गरौं। हलुका कडा बिस्तारामा सुत्ने गरौं। सिरानी होचो राखने ।





0 comments: