Sunday, May 20, 2018

दिल्लीको जितमा सन्दिप नायक बने ,महत्वपूर्ण तीन विकेट हात पार्न सफल

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा तिन खेल मात्र खेलेका सन्दीप लामिछाने अहिले विश्वभर चर्चा बटुलिरहेका छन् ।

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले मुम्बई इण्डियन्स विरुद्दको खेलको आफ्नो दोस्रो ओभरमा तीन विकेट लिएका छन् ।


दिल्ली डेयरडेभिल्सले बलिङ सुरु गर्दा खेलको पहिलो ओभरमा नै बलिङ गर्ने मौका पाएका सन्दीपले सुरुवाती दुई बलमा चौका र छक्का खाएका चौथो बल सुर्यकुमार यादवको विकेट लिएका थिए् । निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए । चौथो बलमा पनि ठुलो सट हान्ने प्रयास गर्दा यादव विजयशंकरको हातबाट क्याच आउट भए ।
सन्दीपले दिल्ली डेयरडेभिल्सको तर्फबाट पुनः १० औं ओभरमा बलिङको जिम्मा पाउँदा पहिलो र चौथो बलमा दुई विकेट लिएकाा थिए । उनले पहिलो बलमा किरण पोलार्डको विकेट लिदा चौथो बलमा कुनाल पाण्डेलाई पेभेलियन फर्काएका थिए ।यससँगगै दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ | दिल्लीको जितमा सन्दिप नायक साबित भयका छन् |
 उनले डेब्यु खेलमै पार्थिव पटेलको विकेट झार्दै सनसनी मच्चाए । उनले रोयल च्यालेन्जर्स सँगको खेलमा चार ओभर बलिङ गर्दै २५ रन मात्र दिएका थिए । त्यसपछि शुक्रबार चेन्नईविरुद्ध खेल्न पाएका सन्दीपले उत्कृष्ट ब्याट्सम्यान सुरेश रैनालाई आउट गरेपछि विश्वभरका क्रिकेटर र क्रिकेटप्रेमीले   उनको खुलेर प्रशंसा गरेका छन् । चेन्नईसँगको खेलमा सन्दीपले चार ओभरमा २१ रन दिए र एक विकेट पनि लिए ।


1 comment: