Saturday, May 19, 2018

मुम्बई इन्डियनविरुद्ध खेल्दै सन्दिप आज

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दुई खेल मात्र खेलेका सन्दीप लामिछाने अहिले विश्वभर चर्चा बटुलिरहेका छन् ।

 उनले डेब्यु खेलमै पार्थिव पटेलको विकेट झार्दै सनसनी मच्चाए । उनले रोयल च्यालेन्जर्स सँगको खेलमा चार ओभर बलिङ गर्दै २५ रन मात्र दिएका थिए । त्यसपछि शुक्रबार चेन्नईविरुद्ध खेल्न पाएका सन्दीपले उत्कृष्ट ब्याट्सम्यान सुरेश रैनालाई आउट गरेपछि विश्वभरका क्रिकेटर र क्रिकेटप्रेमीले   उनको खुलेर प्रशंसा गरेका छन् । चेन्नईसँगको खेलमा सन्दीपले चार ओभरमा २१ रन दिए र एक विकेट पनि लिए ।

 दोस्रो खेलसँगै आईपीएलमा कम रन दिएर धेरै विकेट लिने खेलाडीको सूचीमा सन्दीप शीर्ष स्थानमा छन् । उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४६ रन दिएर दुई विकेट लिए ,जसमा सन्दीपको बलिङ औसत ५.७५ रहेको छ । चेन्नईसँगको खेलमा सन्दीपले ‘स्टाइलिस प्लेयर्स अफ् द म्याच’को उपाधिसहित एक लाख भारुसमेत पाए ।

दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । सम्पूर्ण विश्वजगत आज सन्दीपको  बलिङ हेर्न आतुर छ ! खेल आज नेपाली समय ठिक ४ बजे सुरु हुनेछ |

यो खेल सन्दीपको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

0 comments: