Tuesday, May 15, 2018

के तपाइलाई पिनास भयको छ ?हेर्नुहोस पिनास कसरि हुन्छ ?उपचार पद्दति र बच्ने उपाय

 पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण उत्पन्न हुने रोग हो जसलाई साईनोसाईटिस पनि भनिन्छ I  साधारणतया पिनास भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु सुनिनु हो l ति खाली भागहरुलाई साइनस भनिन्छ l  अर्थात् साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ । 

पिनास हुने मुख्य कारणहरु :-
१.रोग प्रतिरोध क्षमतामा कमी र अनुचित पाचन एवं पोषण
२.नाकको हडडी बाङ्गो हुने र भित्रि भागमा मासु पलाउने
३., एलर्जी रअनुचित जीवनशैली
४. रुघाको औषधीहरुको बढी प्रयोग
५.वायु प्रदुषणको कारणले 
६.दाँतहरूको वा गिजाको संक्रमणका कारणले इत्यादी l

पिनासका लक्षणहरु :-
१.नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने 
२. टाउको दुखने  र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने 
३. ज्वरो आउने र जीउ दुख्ने 
४. नाक बन्द हुने भएकाले  सुघ्ने शक्तिमा कमि  आउने
५. नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहनेर हाँछ्यु आइरहने
६. माथिल्लो भागका दाँतहरु र गालातिर दुख्ने 
७. घाँटी खसखस हुने,निरन्तर रुघा लाग्नु र निरन्तर सिंगान बग्नु आदि
 नोट:पिनासको संक्रमणमा माथिका लक्षणहरु एकैपटक नदेखिन पनि  सक्छन् l

पिनासबाट बच्ने उपायहरु :-
१. दुग्ध पदार्थ अत्यन्त कम खाने
२. धूम्रपान त्याग्ने
३.साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने र  तातोपानीको बाफ लिने 
४. आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने र छ भने छिट्टै उपचार गरिहालें  
५.नाक र  मुखलाई धुवा धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
६. शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
७.  तातो र न्यानो खाना खानाका साथै तातो झोल पदार्थ प्रशस्त पिउने
८.चिसोबाट जागिने र प्रशस्त मात्रामा पानी पिउने

पिनासको उपचार :-
 पिनास निम्नलिखित तरिका अवलम्बन गरि उपचार गर्न सक्नुहुन्छ l

१. घरेलु उपचार 
चिसो हावा, चिसो र मसालादार खानाबाट बच्ने
सधैं तातो पिउने र श्वास संक्रमणबाट बच्ने
नुनपानीले दिनको ३-४  पटक मुख कुल्ला गर्ने 
अदुवा, हरिद्रा आदि तातो पानीसंग  पिउने
सक्खर मरिच दही सेवन  गर्ने
बेसार कपडामा बेरेर सुघ्ने
तातोपानीको बाफ लिने 

नोट :-सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी र बेसार पानी पिउने ,सुख्खा पिनासमा थोरै कागतीको रस पानीमा राखेर पिउने l

२. योग उपचार 
कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम आदि योग बिहान खाली पेटमा गर्ने 

३.आर्बेदिक उपचार 
 -  तेललाई तताएर साइनस क्षेत्रमा, गाला, निधार र नाकको वरिपरी मालिस गर्ने  साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छl 
-  तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिने 

पिनास हुदा के खाने के नखाने ??
  
खान हुने कुराहरु :- पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन,उसिनेको खाना मात्र खाने 

खान नहुने कुराहरु :-मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग ,दही, दूध, माछा, मासु, अण्डा, पीरो र अमिलो अचार, चिल्लो र चिसो खानेकुरा,बढी तातो र मसालादार खानेकुरा आदि 
 
     हाम्रो अनलाइन-समाचार लाई सक्दो सेयर र कमेन्ट गर्न नभुल्नुहोला ! हामी थुप्रै जीवनउपयोगी तथ्यहरुका साथमा आउछौ l   

0 comments: