Sunday, July 15, 2018

पोखराको पश्चिमान्चल क्याम्पसमा साउन ३,४ र ५ मा टेक्निकल फेस्टिवल हुदै

स्वतन्त्र विद्यार्थी युनियन पश्चिमाञ्चल क्याम्पसको आयोजनामा ईन्जिनियर दिवसको अवसरमा यहि मिति २०७५ ०४ ,०३ गते देखि ०५ गते सम्म पोखराको लामाचौरमा प्रथम न्यु टेक्निकल  एफएसयु टेक्निकल फेस्टिभल २०७५ हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै स्ववियुका अध्यक्ष ईन्द पौडेलले इन्जिनियरहरुको क्षमता प्रर्दशन गर्ने र दक्षता अभिवृद्वि गर्ने उद्वेश्यले कार्यक्रमको आयोजना गर्न लागेको बताए । ‘टेक्निकल फेस्टिभलले समृद्व नेपाल निमार्णका आधारहरु प्रस्तुत गर्नेछन्, ’ उनले भने, ‘ती आधारहरुलाई सरोकारवालाहरुले प्रयोगमा ल्याउनेछन् भन्ने अपेक्षा गरेका छौँ ।’ उनले कार्यक्रममा नेपाली समाजमा ज्वलन्त रुपमा उठेका बिषयवस्तुहरु इन्जिनियरिङ विधाबाट प्रस्तुत गर्न खोजेको बताए ।
कार्यक्रममा कृषि, पर्यटन, क्लिन इनर्जी र स्वास्थ्य विधालाई प्रस्तुत गरिने कार्यक्रम संयोजक किरण तिवारीले जानकारी दिए ।त्यस्तै क्याम्पस चिफ रामप्रसाद पौडेलले मेलाको आयोजनामा आफुहरुले कुनै अवरोध नगरेको बताए । विधार्थीहरुलाई आत्मनिर्भर बनाउदै स्रोत र सुझावमात्र प्रदान गरिएको उनले बताए ।



मेलामा ८० भन्दा बढि स्टलहरु रहेछन् भने दशै भरिका क्यम्पस, सरकारी तथा गैर सरिकारी संस्थाहरुको सहभागीता रहनेछ । मेलाअवधिभर २०,००० व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमको अनुमानित खर्च २१ लाखको रहने आयोजकको दावी रहेको छ ।

मेलामा सहभागी व्यक्तिले रोबोटिक फूटबल पनि खेल्न पाउनेछन ।

0 comments: